बाँकी छ
बुद्ध त उहिले मरिसके
मुर्ती मात्र बाँकी छ ।
सन्देश त पहिले जलिसके
खरानी मात्र बाँकी छ । ।
शान्ति त सबैले कुल्चिसके
क्रान्ती मात्र बाँकी छ ।
माया र ममता हराइसके
रिस र राग मात्र बाँकी छ । ।
दान र धर्म त्यागी सके
केवल स्वार्थ मात्र बाँकी छ ।
मतृत्व भाव छाद्दी सके
मर्दिन्छु भाव मात्र बाँकी छ । ।
बुद्धी र विवेक निलिसके
बल र शक्ती मात्र बकी छ ।
भिक्षु त सबै हराइ सके
रित्तो विहार मात्र बकी छ । ।
सुदिप श्रेष्ठ (02/APRIL/2011)
I LOVED THIS POEM
ตอบลบ